Main News

काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम छनोट

हिमालय टिभी
२०७७ माघ ६ गते १२:५२
काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम छनोट

६ माघ २०७७ काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा डा. रामकण्ठ माकाजुसहित तीन जनाको नाम छनोट गरेको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको सर्च कमिटीले केयुका उपकुलपति डा. माकाजु, पूर्वरजिष्ट्रार डा. भोला थापा र शिक्षा विभागका बालचन्द्र लुइँटेलको नाम छनोट गरेको हो ।

केयूको उपकुलपति बन्न इच्छा देखाउँदै ४४ जनाले शिक्षा मन्त्रालयमा निवेदन दिएका थिए । संक्षिप्त सूचीमा परेका माकाजु, थापा र लुइँटेलको नाम अब कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पठाइने छ । उपकुलपतिको कार्यकाल चार वर्षको हुन्छ ।

माकाजुले केयूको उपकुलपतिको रुपमा लगातार दोस्रो कार्यकाल पूरा गरिसक्नुभएको छ । आठ वर्षे कार्यकालमा माकाजु विवादित बनेको भन्दै केयूमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले एउटै व्यक्तिलाई पटक–पटक नेतृत्व नसुम्पिन दबाबमुलक कार्यक्रम गर्दै आएका छन् ।

केयूका उपकुलपति डा. माकाजुको पछिल्लो कार्यकाल यही माघ १० गते सकिँदैछ । केयूको ८८ औं सिनेट बैठकले उपकुलपति छनोट गर्न सहकुलपतिसमेत रहेका शिक्षामन्त्री श्रेष्ठको नेतृत्वमा सर्च कमिटी गठन गरेको थियो । सर्च कमिटीमा केयूको बोर्ड अफ ट्रष्टीका प्रमुख दमननाथ ढुंगाना र केयूका पूर्व उपकुलपति सुरेश राज शर्मा सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *