खेलकूद

इटालियन सिरी ए फूटबलमा एसी मिलानको विजयी यात्रा कायमै

हिमालय टिभी
२०७७ माघ ६ गते ९:३६
इटालियन सिरी ए फूटबलमा एसी मिलानको विजयी यात्रा कायमै

६ माघ २०७७ काठमाडौं । इटालियन सिरी ए फूटबलमा शीर्ष स्थानको एसी मिलानले विजयी यात्रा जारी राखेको छ ।

सिरी ए अन्तर्गत मिलानले काग्लिएरीलाई २–० गोलले पराजित गरेको हो । मिलानको जितमा दुबै गोल जाल्टन इब्राहिमोविचले गरेका थिए ।

अवे मैदानमा इब्राहिमोविचले ७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै मिलानलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि उनले ५२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे ।

जारी सिजनमा इब्राहिमोविचले १३ खेलबाट १३ गोल गरेका छन् । ७४ औं मिनेटमा एलेक्सिस साएलेमाएकर्स दोहोरो पहेंलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि मिलान १० खेलाडीमा सीमित भएको थियो ।

जितपछि मिलानको १८ खेलबाट ४३ अंक भएको छ । दोस्रो स्थानको इन्टर मिलानको समान १८ खेलबाट ४० अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्