खेलकूद

एन्फाको वार्षिक साधारण सभा आज

हिमालय टिभी
२०७७ माघ ६ गते ९:२५
एन्फाको वार्षिक साधारण सभा आज

६ माघ २०७७ काठमाडौं । अखिल नेपाल फूटबल संघ (एन्फा) को वार्षिक साधारण सभा आज बस्दैछ ।

कोरोना भाइरस महामारीका कारण पटकपटक स्थगित हुँदै आइरहेको एन्फाको १९ औं साधारण सभा आज हुन गइरहेको हो । साधारण सभाको अघिल्लो दिन हिजो बसेको कार्यसमितिको बैठकले यसका एजेण्डाहरु तय गरेको थियो ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको अध्यक्षतामा बसेको बैठकमा गत साधारण सभादेखि अहिलेसम्म भएका कार्यप्रगति विवरण पेश भएको थियो ।

यसअघि भदौ १५ गते का लागि थय साधारण सभा स्थगित भएको थियो । साधारण सभामा कोषाध्यक्ष रविन्द्र जोशीले पेश गरेको आर्थिक प्रतिवेदन प्रस्तुत गरिनेछ ।

त्यस्तै एन्फाले मनाङ, खोटाङ र नवलपरासी सुस्ता पूर्व जिल्लाहरुलाई एन्फा सदस्यता प्रदान गर्न साधारण सभामा निर्णयार्थ प्रस्तुत गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्