खेलकूद

न्यूक्यासल युनाइटेडमाथि आर्सनलको शानदार जित

हिमालय टिभी
२०७७ माघ ६ गते ७:३१
न्यूक्यासल युनाइटेडमाथि आर्सनलको शानदार जित

६ माघ २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा आर्सनल विजयी भएको छ ।

प्रिमियर लीग अन्तर्गत सम्पन्न पछिल्लो खेलमा आर्सनलले न्यूक्यासल युनाइटेडमाथि ३–० को शानदार जित निकालेको हो ।

घरेलु मैदानमा आर्सनलको जितमा पिएरी एम्रिक अउबामेयाङ्ले दुई र बुकायो साकाले एक गोल गरेका थिए । अउबामेयाङ्ले खेलको ५०औं र ७७औं अनि साकाले ६०औं मिनेटमा गोल गरे ।

जितसँगै १९ खेलबाट २७ अंक जोड्दै आर्सनल तालिकाको दशौं स्थानमा उक्लिएको छ । पराजित टोली न्यूक्यासल १५औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्