खेलकूद

प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै

हिमालय टिभी
२०७७ माघ ६ गते ७:२६
प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै

६ माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् ।

प्रतियोगिता अन्तर्गत आज गण्डकी प्रदेश र कर्णाली प्रदेश तथा लुम्बिनी प्रदेश र प्रदेश २ भिड्न लागेका हुन् । समूह ए अन्तर्गत मुलपानी क्रिकेट मैदानमा गण्डकी र कर्णालीबीच खेल हुनेछ ।

यसअघिका दुई खेल मध्ये गण्डकीले एकमा जित र अर्कोमा हार व्यहोरेको छ । उता एक खेल खेलेको कर्णाली हारको सामना गरेको छ । खेल विहान नौ बजे शुरु हुनेछ ।

यस्तै समूह बीको खेलमा लुम्बिनी र प्रदेश(२ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा दुबै टोलीले आज पहिलो खेल खेल्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान नौ बजे नै शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्