Political Hightlights

पर धकेलियो कांग्रेस केन्द्रीय समितिको बैठक

हिमालय टिभी
२०७७ माघ ६ गते ७:२१
पर धकेलियो कांग्रेस केन्द्रीय समितिको बैठक

६ माघ २०७७ काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक एक साता पर धकेलिएको छ।

आज बोलाइएको केन्द्रीय समिति बैठक माघ १३ गते मंगलबार बस्ने गरी स्थगित भएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।

प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनका लागि नेताहरु जिल्लामा रहेकाले बैठक एक साताका लागि स्थगन गरिएको जनाइएको छ।

कांग्रेसले माघ ८ गते देशभरका सबै वडाहरुमा विरोध प्रदर्शन गर्दैछ। यसअघि पुस २७ गते बोलाइएको केन्द्रीय समिति बैठक आज बस्ने गरी स्थगन गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्