Political Hightlights

विभिन्न दलका नेता र कानूनविद भन्छन्–संसद पुनर्स्थापनाको विकल्प छैन (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ ५ गते १८:४२
विभिन्न दलका नेता र कानूनविद भन्छन्–संसद पुनर्स्थापनाको विकल्प छैन (भिडियोसहित)

५ माघ २०७७ काठमाडौं । विभिन्न राजनीतिक दलका नेता र कानूनविद्ले मुलुक अस्थिरतामा जाने भन्दै संसद पुनर्स्थापनाको विकल्प नभएको बताएका छन् ।

काठमाडौंमा भएको कार्यक्रममा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेकाले संसद पुनर्स्थापना हुनुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्रीको कदमलाई सर्वोच्च अदालतले सदर गरे मुलुक अस्थिरतामा जाने बताउनुभयो ।

संविधानसभाको संविधान मस्यौदा समितिका संयोजकसमेत रहेका कांग्रेस नेता सिटौलाले संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको पनि बताउनुभयो ।

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संसद पुनर्स्थापनाका लागि शक्ति प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो । संसद पुनर्स्थापना भएपछि अस्थिरता र विदेशी शक्तिको चलखेल पनि रोकिने भट्टराईले बताउनुभयो ।

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएकाले संसद पुनर्स्थापना हुनुपर्ने जिकिर गर्नुभयो । अब संविधान अनुसारको धर्म निर्वाह गर्ने कि नगर्ने भन्ने न्यायाधीशको हातमा रहेको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसको सर्वत्र विरोध भैरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्