आर्थिक

सुनको भाउ तोलामा २ सय घट्यो, प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार

हिमालय टिभी
२०७७ माघ ५ गते १३:१०
सुनको भाउ तोलामा २ सय घट्यो, प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार

५ माघ २०७७ काठमाडौं । लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ ।

स्थानीय बजारका लागि तोकिएको मूल्यअनुसार आज छापावाला सुन तोलामा रु २०० ले घटेको छ ।

प्रतितोला रु ९१ हजार ८०० मा आइतबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ९१ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन आइतबार तोलामा रु ९१ हजार ३०० मा कारोवार भएकामा आजका लागि भने रु ९१ हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । चाँदी तोलामा रु एक हजार २३० मा कारोवार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *