राजनीति

सरकारविरुद्धको आन्दोलन हिंसात्मक हुने संकेत, अहिलेसम्मको आन्दोलन ‘शाकाहारी’ (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ ४ गते १८:४१
सरकारविरुद्धको आन्दोलन हिंसात्मक हुने संकेत, अहिलेसम्मको आन्दोलन ‘शाकाहारी’ (भिडियोसहित)

४ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले ओली सरकारविरुद्धको आन्दोलन हिंसात्मक हुने संकेत गरेको छ । शीर्ष नेताहरुले नै आन्दोलन हिंसात्मक बनाउने र मूठभेड गर्ने अभिव्यक्ति दिएका हुन् ।

काठमाडौंमा अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९ गते काठमाडौंमा हुने प्रदर्शन आक्रामक हुने बताउनुभयो । अहिलेसम्मका प्रदर्शनलाई शाकाहारी भन्दै प्रचण्डले अब आक्रामक हुने भन्दै तयार रहन विद्यार्थीलाई निर्देशन दिनुभयो ।

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन कमजोर भएको टिप्पणी भैरहेका बेला प्रचण्डको आक्रामक अभिव्यक्ति आएको हो । प्रदर्शनको अग्रमोर्चामा आफू रहने भन्दै प्रचण्डले टाउको फुटाउनै चाहेको समेत बताउनुभयो । १० वर्षे जनयुद्धमा पनि आफू ज्यानको माया मारेर हिंडेको भन्दै प्रचण्डले फेरि पनि मर्न तयार रहेको बताउनुभयो ।

भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले पनि आक्रामक अभिव्यक्ति दिनुभयो । माघ ९ गते काठमाडौं उपत्यका नै अस्तव्यस्त हुने गरी प्रदर्शन गर्ने खनालले चेतावनी दिनुभयो ।

प्रचण्ड–नेपाल समूहका माउ नेतानै यसरी आक्रामक भएपछि त्यसको असर भातृ संगठनमा पर्ने र व्यवहार पनि त्यसै अनुसार हुन सक्ने टिप्पणी हुन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्