खेलकूद

प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै

हिमालय टिभी
२०७७ माघ ४ गते ९:५५
प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै

४ माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल भइरहेका छन् ।

प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश तथा साविक विजेता नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा भइरहेको हो ।

समूह ए अन्तर्गत आर्मी र कर्णाली तथा समूह बी अन्तर्गत पुलिस र बागमतीबीच खेल भइरहेको छ । मुलपानी क्रिकेट मैदानमा जारी खेलमा कर्णालीविरुद्ध टस जितेर आर्मीले ब्याटिङ गरिरहेको छ ।

आज आर्मी लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने कर्णालीको लक्ष्य पहिलो खेलमा जित निकाल्ने हुनेछ । यस्तै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा बागमतीले टस जितेर फिल्डिङ रोजेपछि पुलिसले ब्याटिङ गरिरहेको छ ।

जारी प्रतियोगितामा समूह बी को यो पहिलो खेल हो । यस समूहमा दुबै टोलीले पहिलो जित निकाल्दै प्रतियोगिताको सुखद् शुरुवात गर्ने लक्ष्यमा रहने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्