Political Hightlights

अध्यक्ष नेपालले भने–प्रचण्ड इमान्दार नेता, ओली विध्वंशको प्रतीक (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ ३ गते १२:२८
अध्यक्ष नेपालले भने–प्रचण्ड इमान्दार नेता, ओली विध्वंशको प्रतीक (भिडियोसहित)

३ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रचण्डजस्तो व्यवहारमा इमान्दार नेता अरु कोही नभएको बताउनुभएको छ ।

दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले नेपालको वर्तमान राजनीतिक नेताहरुमध्ये प्रचण्ड सबैभन्दा इमान्दार भएको भन्दै प्रशंसा गर्नुभयो । इमान्दार नेताका रुपमा प्रचण्ड देखिएको बताउँदै अध्यक्ष नेपालले केपी ओली विध्वंशको प्रतीक भएको आरोप लगाउनुभयो ।

अध्यक्ष नेपालले संविधानविपरीत कार्य गरेकाले ओलीले जनताबाट सजाय पाउने दाबीसमेत गर्नुभयो । ओलीमा कुनै नैतिकता नै नभएको बताउँदै अध्यक्ष नेपालले अहमता र तानाशाह प्रवृत्ति केही दिनमै ढल्ने दाबी गर्नुभयो ।

तुलसीपुरमा नेकपाको प्रचण्ड–माधव पक्षले आयोजना गरेको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्न नेपाल दाङ पुग्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्