Political Hightlights

ओलीसँग स्पष्टिकरण माग्ने र महासचिवमाथि कारबाही गर्ने नेकपा प्रचण्ड–नेपाल समूहको निर्णय (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ २ गते १९:०४
ओलीसँग स्पष्टिकरण माग्ने र महासचिवमाथि कारबाही गर्ने नेकपा प्रचण्ड–नेपाल समूहको निर्णय (भिडियोसहित)

२ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधान,उद्देश्य र लक्ष्यविपरीत काम गरेको भन्दै प्रधानमन्त्री ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

बैठकले महासचिव विष्णु पौडेललाई पनि पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै कारवाही गर्ने निर्णय गरेको बैठक पछि नेता भीम रावलले जानकारी दिनु भयो ।

यस्तै बैठकले आगामी माघ १६ गते काठमाडौं हुने राजधानी केन्द्रित प्रदर्शनलाई प्रभावकारी बनाउन आन्तरिक तयारी र जनपरिचालन गर्ने निर्णय गरेको छ ।

बैठकले आगामी तीन दिनभित्रमा पार्टीका रिक्त पदहरुमा नियुक्ति गर्ने र एकताका बाँकी कामहरुलाई पनि टुंगो लगाउने निर्णय गरेको छ ।

ओलीलाई हटाउने निर्णय केन्द्रीय कमिटीले गर्नेछ । बैठकले माघ १६ गते राजधानीमा विशाल जनप्रदर्शन गर्ने निर्णय समेत गरेको छ। २३ गते गर्ने भनिएको प्रदर्शन १६ गतेका लागि सारिएकाे हाे । बैठकपछि नेता रघुजी पन्तले अबको केही समय ओली सरकार विरुद्धको संघर्षमा केन्द्रीत हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्