खेलकूद

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीसँग गण्डकी प्रदेश ९७ रनले पराजित

हिमालय टिभी
२०७७ माघ २ गते १६:४९
प्रधानमन्त्री कप क्रिकेटमा आर्मीसँग गण्डकी प्रदेश ९७ रनले पराजित

२ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा त्रिभूवन आर्मी क्लब विजयी भएको छ ।

कीर्तिपुर मैदानमा आज भएको खेलमा आर्मीले गण्डकी प्रदेशमाथि ९७ रनको जित निकाल्यो । दुई सय ८८ रनको लक्ष्य पछ्याएको गण्डकीलाई ४८ ओभरमा एक सय ८९ रनमा अलआउट गर्दै आर्मीले विजयी सुरुवात गरेको हो ।

गण्डकीलाई सस्तैमा सीमित गर्न आर्मीका राजेश पुलामी मगरले घातक बलिङ गर्दै ५ विकेट लिए । ९ ओभर बलिङ गरेका उनले जम्मा २५ रन मात्रै दिएका थिए । यस्तै भीम सार्कीले ३ विकेट लिए । गण्डकीका समीर कँडेलले सर्वाधिक ५० रन बनाए । कप्तान विपिन खत्रीले ३७, अर्जुन कुमालले ३६ र दिपक डुम्रेले २६ रन बनाउँदा अन्यको प्रदर्शन कमजोर रह्यो ।

त्यसअघि विनोद भण्डारीले अविजित एक सय ११ रनको योगदान दिँदा आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ८७ रनको योगफल तयार पारेको थियो । कप्तान भण्डारीले ७६ बलमा नौ चौका र पाँच छक्का प्रहार गर्दै एक सय एघार रन बनाएका थिए । राजु रिजालले ४५ रन, लोकेश बलमे ४२ र राजेश पुलामीले ३८ रनको योगदान दिए ।

बलिङतर्फ विपिन खत्री र विशाल पौडलले दुई दुई विकेट लिए ।
गण्डकीविरुद्ध राजेश पुलामी एक्लैले पाँच विकेट लिए भने भीम सार्कीले तीन विकेट हात पारे ।

आजदेखि शुरु भएको प्रतियोगिता माघ १७ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी १० टिम सहभागी छन् । राउण्ड रोविन लीगबाट शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्