Main News

भारतमा उत्पादित कोरोना खोप ‘कोभिसिल्ड’लाई नेपालमा अनुमति

हिमालय टिभी
२०७७ माघ २ गते १६:०८
भारतमा उत्पादित कोरोना खोप ‘कोभिसिल्ड’लाई नेपालमा अनुमति

२ माघ २०७७ काठमाडौं । सरकारले भारतमा उत्पादित कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

भारतको पुनेस्थित सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको खोप नेपाल ल्याउन औषधि व्यवस्था विभागले स्वीकृति दिएको हो । कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो ।

भारतले यो खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ । भारतमा अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्राजेनेकाले विकास गरेको खोप ल्याउने बाटो खुला भएको छ ।

योसँगै अब नेपालमा कोरोनाको खोप भित्राउने बाटो खुला भएको छ । अब यसबाट सरकार सरकारबीच (जीटूजी) माध्यमबाट किनेर ल्याउने र निजी कम्पनीहरुले समेत खोप ल्याउने बाटो खुला भएको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *