आर्थिक

आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्र तोकिनु आवश्यकः अध्यक्ष नेपाल

हिमालय टिभी
२०७७ माघ १ गते १८:०४
आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्र तोकिनु आवश्यकः अध्यक्ष नेपाल

१ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्र तोक्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

आज काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले देशको आर्थिक विकासका निम्ति प्राथमिकताको क्षेत्र किटान गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको हो ।

नेपाल कृषिप्रधान देश भएकाले कृषिलाई पहिलो प्राथमिकता दिदैँ उर्जा र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखे देशको आर्थिक विकासमा टेवा पुग्ने उहाँको बुझाई छ ।

अध्यक्ष नेपालले देश कस्तो बनाउने भन्ने कुरा सरकारले चाहेर मात्रै नहुने भन्दै सिंगो प्रणाली नै परिवर्तन गर्नुपर्ने बताउनुभयो । प्रणाली बनाउने कुरामा सरकारको भूमिका हुने भएपनि सरकार गम्भीर नभएको उहाँको आरोप छ ।

नेपालमा उत्पादन हुने वस्तुको विदेशबाट आयात रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो । आयात प्रतिस्थापन गर्ने वस्तुलाई विशेष प्राथमिकता दिनुपर्ने र विदेशबाट फर्किएकाको सिप, अनुभव, ज्ञान तथा पुँजि नेपालमै प्रयोग गर्नुपर्ने नेपालले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *