Political Hightlights

नेकपा अब एक हुनै सक्दैनः ओली समूहका नेता बस्नेत

हिमालय टिभी
२०७७ माघ १ गते १७:५९
नेकपा अब एक हुनै सक्दैनः ओली समूहका नेता बस्नेत

१ माघ २०७७ विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले अब नेकपा एक हुनै नसक्ने बताउनुभएको छ ।

वामदेव गौतम लगायतका केही नेता एकता गराउन प्रयासमा लागिरहेका बेला बस्नेतको प्रतिक्रिया आएको हो । विराटनगरमा पत्रकारसँग नेता बस्नेतले माउसुली र माउसुलीको चुँडिएको पुच्छरको तुलना गर्दै अब नेकपा एक हुनै नसक्ने बताउनुभयो ।

बस्नेतले निश्चित नेताको महत्वकांक्षा र निजी स्वार्थका लागि संसद पुनःस्थापना गर्न दबाब सिर्जना गरिएको आरोप पनि लगाउनुभयो ।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपाल चुनावको तयारीमा जुटिसक्दा प्रचण्डनेपाल समूह मात्रै पन्छिन खोजेको दाबी पनि गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्