Political Hightlights

अदालतले निष्पक्ष फैसला गर्नेमा अध्यक्ष डा. भट्टराईको आशंका

हिमालय टिभी
२०७७ पुष २९ गते १९:०४
अदालतले निष्पक्ष फैसला गर्नेमा अध्यक्ष डा. भट्टराईको आशंका

२९ पुस २०७७ काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रतिनिधि सभा विघटनको मुद्दामा अदालतले निष्पक्ष फैसला नगर्ने हो कि भन्ने आशंका गर्नुभएको छ ।

पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्री ओलीले आफ्नो पक्षामा फैसला दिनका लागि अदालतलाई धम्क्याइरहेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्रीले लोकतान्त्रिक गणतन्त्र, संघीयता र जनमतमाथि खेलवाड गरेका कारण अदालतले निष्पक्षरुपमा फैसला गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदम धर्मनिरपेक्षता र संघीयतालाई सिध्याउनेमा केन्द्रीत भएको भट्टराईको आरोप छ ।

नागरिकले पञ्चायत र राजतन्त्रलाई फालेजस्तै ओलीलाई सत्ताबाट नफ्याँकेसम्म संविधान सुरक्षित नहुने समेत दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्