समाज

प्रविधिको पहुँच नहुँदा किसानका नर्सरी परम्परागत विधि मै सिमित (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २८ गते १४:३६
प्रविधिको पहुँच नहुँदा किसानका नर्सरी परम्परागत विधि मै सिमित (भिडियोसहित)

२२ पुस, धनकुटा । पछिल्लो समय धनकुटा नगरपालिका क्षेत्र नर्सरी व्यवसायीका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । नगर क्षेत्रमा मात्रै ४ सय १२ नर्सरी सञ्चालनमा छन् । तर प्राबिधिक ज्ञान र प्रबिधि अभावका कारण किसान परम्परागत तरीकाबाट नर्सरी गर्न बाध्य छन् ।

धनकुटा नगरक्षेत्रमा सञ्चालित चार सय १२ निजी नर्सरीबाट वार्षिक करिब ४७ लाख बिरुवा उत्पादन हुने गरेको छ । यसबाट २५ करोड रुपैयाँको कारोबार हुने गरेको छ । विरुवाको बढ्दो माग सँगै प्राविधिक र उपयुक्त प्रविधिको पहुँच नहुँदा किसान अहिले पनि पुरानै ढंगले नर्सरी गर्न बाध्य छन् ।

स्वस्थ्य विरुवा उत्पादनका लागि आधुनिक नर्सरी प्रणाली र प्रविधिको आवश्यकता पर्छ । तर आधुनिक नर्सरी प्रणाली र प्रविधिको उपयोग किसानले गर्न नसक्दा स्वस्थ विरुवा उत्पादनमा सधैं समस्या हुने गरेको छ ।

धनकुटा नगरपालिका क्षेत्रमा गत वर्ष सबै भन्दा बढि कागतीको करिब १६ लाख बिरुवा उत्पादन भएका छन् । त्यस्तै एभोकाडोका १३ लाख सुन्तलाका ७ लाख तथा अन्य ९ लाख बिरुवा उत्पादन तथा बिक्रि भएको कृषि अभियन्ता जीवन राईले तयार परेको प्रतिबेदनमा उल्लेख छ । तर मिसावट युक्त बिउ, साइनको अभाब तथा न्युन गुणस्तरको बिउको कारण व्यवसायिक शुद्धतामा समस्या छ ।

कागती, सुन्तला, एभोकाडोसँगै चिया, अलैची, आँप, चिली, रुदाक्ष, अनार, किवी, जुनार, ड्रयागनफल, आँप, कफीका विरुवा धनकुटाका नर्सरीमा उत्पादन हुने गरेको छ । यहाँका विरुवा छिमेकी जिल्ला भोजपुर तेह्थुम संखुवासभासहित बाग्मती र गण्डकी प्रदेशकाका बिभिन्न जिल्लामा विरुवा पुग्ने गरेको छ । धनकुटा नगरक्षेत्रमा नर्सरीमा भएको यो लगानी किसानको मात्र हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *