Political Hightlights

ओलीले गणतन्त्र र संघीयताविरोधी शक्तिको अघोषित मोर्चा बनाए–उपेन्द्र यादव (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २८ गते १४:२८
ओलीले गणतन्त्र र संघीयताविरोधी शक्तिको अघोषित मोर्चा बनाए–उपेन्द्र यादव (भिडियोसहित)

२८ पुस, वीरगञ्ज । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र र संघीयताविरोधी शक्तिको अघोषित मोर्चा बनाएको आरोप लगाउनुभएको छ ।

वीरगञ्जमा आज विहान पत्रकारसँग अध्यक्ष यादवले प्रधानमन्त्रीको साथमा प्रतिगमनकारी, संघीयता र लोकतन्त्र विरोधी शक्तिको अघोषित संयुक्त मोर्चा रहेको दाबी गर्नुभयो । यसकै कारण परिवर्तनमाथि संकट संकट उत्पन्न भएको भन्दै उहाँले समावेशिता र पहिचानका कुरा सुन्ने वित्तिकै प्रधानमन्त्रीलाई करेन्ट लाग्ने गरेको टिप्पणी पनि गर्नुभयो ।

अध्यक्ष यादवले प्रधानमन्त्री ओलीले आफूले चालेको असंवैधानिक र गैरलोकतान्त्रिक कार्य अघि बढाउन सकिन्छ कि भनेर निर्वाचनको तुरुप फालेको आरोप पनि लगाउनुभयो ।

अध्यक्ष यादवले नेपालको राजनीतिमा नेपालीकै निर्णायक भूमिका रहनुपर्नेमा प्रधानमन्त्रीले बाहिरी शक्तिलाई खेल्ने मैदान बनाएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्