Main News

जलवायु परिवर्तनको असर जनजीवनमा परेकै हो त ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २७ गते १७:३१
जलवायु परिवर्तनको असर जनजीवनमा परेकै हो त ? (भिडियोसहित)

२७ पुस, काठमाडौं । जलवायु परिवर्तनका कारण वातावरणमा परेको प्रभावबारे विश्वमा बहस भइरहेको छ । जलवायु परिवर्तनसँगै विश्वको तापक्रम पनि बढिरहेको छ । र यसको प्रभाव नेपालमा पनि परिरहेको छ । जुन चिन्ताको विषय हो ।

जाडो महिनामा त्यतिधेरै चिसो महसुस नगरेका शिवसिंह कार्कीले जस्तै, यो पुसमा पनि धेरैलाई ठण्डी महसुस भएको छैन् । त्यसैले त बानेश्वरमा पुसको रापिलो घाम छाडेर शितलमा बस्ने धेरै थिए ।

जाडो मौसममा नेपालमा पश्चिमी वायुको प्रभाव देखिने गर्छ । पश्चिमबाट आउने बायुकै कारण हिउँदमा हिमाली र उच्च पहाडी भेगमा हिमपात हुन्छ र अन्य भागमा हिउँदे वर्षा । तर यो वर्ष अहिलेसम्म पश्चिमी वायु नेपालमा आएकै छैन । गत हप्ता पश्चिमी वायुको प्रभाव केही देखिए पनि त्यो त्यतिधेरै सक्रिय हुन सकेन । यो पटकको हिउँदमा अहिलेसम्म पश्चिमी वायु नआएकै कारण देशैभरीका शहरमा तापक्रम तल नझरेको हो ।

पश्चिमी वायु नआउनु त एउटा कारण छँदै छ अर्को वातावरणीय कारण पनि छ । कलकारखानाबाट निस्किएको धुवाँ, मोटरगाडीको धुवाँ, धुलो तथा वनजङ्गलको विनाशका कारणले गर्दा वायुमण्डलमा कार्वनडाइअक्साइड तथा अन्य प्रदुषक ग्यास बढेको छ । जसको प्रभावले पृथ्वीमा तापक्रम बढाउन सहयोग गरिरहेको छ । यसरी पृथ्वीकै तापक्रम बृद्धि हुँदा जनजीवनलाई प्रभावित पार्ने खतरा बढ्दै गएको छ ।

जलवायु परिवर्तनसँगै जाडोमा जाडो नहुने, गर्मि याममा अति गर्मि हुने, पानी पर्ने याममा पानी नपर्ने, हिमताल पग्लिनेलगायका असर देखिन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *