खेलकूद

पुष्पा भण्डारीले जितिन शेख मुजिव म्याराथनको स्वर्ण

हिमालय टिभी
२०७७ पुष २६ गते १७:४१
पुष्पा भण्डारीले जितिन शेख मुजिव म्याराथनको स्वर्ण

२६ पुस, ढाका । नेपाली धाविका पुष्पा भण्डारीले बंगलादेशमा भएको शेख मुजिब म्याराथनको स्वर्ण जितेकी छिन् ।

बंगलादेशको ढाकामा भएको म्याराथनमा पुष्षाले निर्धारित दुरी २ घन्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । उनलाई पछ्याउँदै ३ घण्टा ४६ सेकेण्डमा दुरी पुरा गरेकी भारतकी ज्योति गवाती दोस्रो तथा गिगमत डोल्मा ३ घण्टा ९ मिनेटको समयसहित तेस्रो भइन ।

गत महिना भएको नेपालगन्ज म्याराथनको हाफ म्याराथनमा स्वर्ण जितेकी पुष्पाले गत वर्ष नेपालमै भएको १३ औं सागमा म्याराथनतर्फ रजत पदक जितेकी थिइन् ।

शेख मुजिब म्याराथनको पुरुषतर्फ भने नेपालका किरणसिंह बोगटी चौथो भए । सागका स्वर्ण विजेता किरणले निर्धारित दुरी २ घण्टा २४ मिनेट १३ सेकेण्डमा पुरा गरे । दोस्रो राउण्डमा चोट बोकेपछि किरणले उत्कृष्ट प्रदर्शन गर्न नसकेको टोलीका प्रशिक्षक धनीराम चौधरीले जानकारी गराएका छन् ।

यो विधामा भारतका बहादुर सिंहले २ घण्टा २१ मिनेट ४० सेकेण्डमा दुरी पुरा गर्दै स्वर्ण जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्