कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९१७ पुग्यो

हिमालय टिभी
२०७७ पुष २६ गते १७:२८
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९१७ पुग्यो

२६ पुस, काठमाडौं । कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १,९१७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा आज थप २५९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३,३९९ जनाको पीसीआर परीक्षण गर्दा २५९ जनामा संक्रमण पुष्टि भएको हो । ती मध्ये काठमाडौं उपत्यकामा १९४ जना छन् ।

जसमा काठमाडौंमा ९९, ललितपुरमा १८ र भक्तपुरमा ९ जना नयाँ संक्रमित भेटिएका छन् । थप ५१३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या २,५८,४४१ पुगेको छ । नेपालमा निको हुने दर ९७.६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *