राजनीति

प्रचण्ड नेपाल समूहका विद्यार्थीको ‘बयलगाडा’ प्रदर्शन, दिउँसो माइतीघर र भक्तपुरमा पनि प्रदर्शन हुने

हिमालय टिभी
२०७७ पुष २६ गते १२:१४
प्रचण्ड नेपाल समूहका विद्यार्थीको ‘बयलगाडा’ प्रदर्शन, दिउँसो माइतीघर र भक्तपुरमा पनि प्रदर्शन हुने

२६ पुस, काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहका विद्यार्थीले ललितपुरको पाटनमा आज ‘बयलगाडा’ प्रदर्शन गरेका छन्।

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र प्रतिगामी कदम भएको भन्दै उनीहरूले विरोधस्वरूप बयलगाडा प्रदर्शन गरेका हुन्। विद्यार्थीहले रिक्सामा बयलगाडाको जस्तै स्वरूप बनाएर प्रदर्शन गरेका थिए। बयलगाडा गुडाउने कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले बयलगाडा खोस्न खोजेपछि केहीबेर तनाव भएको थियो ।

यस्तै आजै दिउँसो २ बजे माइतीघर मण्डला र भक्तपुरको सानोठिमीमा ४ बजे बयलगाडाको स्वरूप बनाएर प्रदर्शन गर्ने निर्धारित कार्यक्रम छ। संसद् विघटनविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्