Main News

देशभर बढ्यो चिसो, सतर्कता अपनाउन सुझाव

हिमालय टिभी
२०७७ पुष २६ गते ९:१४
देशभर बढ्यो चिसो, सतर्कता अपनाउन सुझाव

२६ पुस २०७७ काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भूभागमा मौसम बदली भइ चिसो बढ्ने बताएको छ ।

महाशाखाका अनुसार देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली छैन तर, आज केही स्थानमा मौसममा आंशिक बदली हुनेछ ।

महाशाखाले आज बिहान मौसमसम्बन्धी सूचना जारी गर्दै देशका विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाकाअनुसार आज दिउँसो प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति भने प्रदेश १ मा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भोलि दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *