राजनीति

सर्वोच्चलाई धम्क्याउने काम बन्द गर्न पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्रीको चेतावनी

हिमालय टिभी
२०७७ पुष २५ गते २०:२८
सर्वोच्चलाई धम्क्याउने काम बन्द गर्न पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्रीको चेतावनी

२५ पुस २०७७ काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानन्यायाधीशप्रति आक्रोश व्यक्त गर्नु भएको छ ।

काठमाडौंमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निष्कर्षसहित हिजो विज्ञप्ती निकाल्ने चार जना पूर्वप्रधानन्याधीशप्रति आक्रोशित देखिनुभयो । न्यायालयमा एकपटक जागिर खाएको भरमा सडकबाट फैसला सुनाउन मिल्छ भन्दै उहाँले प्रश्न गर्नुभयो ।

प्रधानमन्त्री ओलीले संसद विघटनविरुद्धको मुद्दाको फैसला वृहत पूर्ण इजलासबाट गर्नु पर्छ भन्ने माग राख्ने कानून व्यवसायीप्रति आक्रोश पोख्नुभयो । अरुलाई सडकबाट फैसला नगर्न चेतावनी दिने प्रधानमन्त्री ओली आफैले भने सर्वोच्च अदालतले संसद पुनर्स्थापना नगर्ने भन्दै हिंडिरहनु भएको छ । संसद विघटनको विरोध गर्नेप्रति अधिकांश समय खर्चिएका प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालको समूहलाई जहाँ जति सक्यो त्यति धज्जी उडाउन कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

उहाँले तत्कालिन नेकपा माओवादीले चलाएको सशस्त्र युद्धलाई फर्सीजस्तै कुहिएको टिप्पणी गर्नुभयो । सर्वोच्चमा विचाराधिन रहेको मुद्दामा अरुले दिएका टीप्पणीले अदालतलाई प्रभावित पार्यो भन्ने गरेका प्रधानमन्त्री ओली आफु भने दैनिकजसो अदालतले आफ्नै पक्षमा फैसला गर्ने बताइरहनुभएको छ । उहाँले बैशाख १७ र २७ मा चुनाव गराएरै छाड्ने पनि दोहोर्‍याउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्