आर्थिक

मिस नेपाल नम्रता श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडर नियुक्त (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २४ गते १८:५०
मिस नेपाल नम्रता श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडर नियुक्त (भिडियोसहित)

२४ पुस, काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले व्यवसाय प्रवर्द्धनका लागि मिस नेपाल नम्रता श्रेष्ठलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक र मिस नेपाल आयोजक दी हिडन ट्रेजरबीचको सम्झौता अनुसार श्रेष्ठ बैंकको ब्रान्ड एम्बासडर नियुक्त हुनुभएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरका तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गर्नु भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ्ग सेवाको बारेमा ग्राहकमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा मिस नेपाल श्रेष्ठले सरकारी स्वमात्विको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउँदा अत्यन्त खुशी लागेको बताउनुभयो । कार्यक्रममा दी हिडन ट्रेजरका अध्यक्ष राजकर्णिकारले यस्तो सम्झौताले दुवै सस्थालाई फाइदा पुग्नुका साथै आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *