समाज

बाख्रा पालनबाटै मासिक दुई लाख आम्दानी हुन्छ, किन जानु विदेश ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २४ गते १७:४३
बाख्रा पालनबाटै मासिक दुई लाख आम्दानी हुन्छ, किन जानु विदेश ? (भिडियोसहित)

२४ पुस, काठमाडौं । पाल्पामा एक युवाले बाख्रा पालनबाट मासिक २ लाखसम्म आम्दानी गरिरहेका छन् । रिब्दिकोट गाउँपालिकाका ति युवाले लगनसिलताका साथ काम गरे गाउँमै मनग्गे आम्दानी गर्न सकिने उदाहरण दिएका छन् ।

इच्छा शक्ति हुने हो र मेहनत गर्‍यो भने सफलता जुन कुनै क्षेत्रमा पनि पाउन सकिन्छ । त्यहि इच्छा शक्तिलाई सफलतामा बदल्दै बाख्रा पालनबाट लाखौं आम्दानी गर्न सफल हुनु भएको छ- पाल्पाको रिब्दिकोट गाउँपालिका वडा न २ कन्टिपोखराका दिपक पाण्डे । स्नाकोत्तर अध्ययन गर्दै गरेका पाण्डेले आधुनिक खोर निर्माण गरि ४ वर्षदेखि बाख्रा पालिरहनु भएको छ । उहाँले अहिले ४ रोपनी क्षेत्रफलमा बनेको खोरमा २ सय साना ठुला बोयर तथा खरी जातका बाख्रा पाल्नुभएको छ । यसबाट उहाँलाई मासिक डेढदेखि दुई लाखसम्म आमदानी भइरहेको छ ।

एक करोडभन्दा बढीको लगानीमा सञ्चालन भएको बाख्रा फर्ममा अहिले ४ जनाले स्थायी रुपमा रोजगारी पाएका छन् । विभिन्न स्थानीय तहबाट पाठापाठीको माग बढ्दै गएको छ । पाण्डेलाई बिक्री गर्न भ्याइ नभ्याइ छ ।

पछिल्लो समय बाख्रापालनको साथसाथै पाण्डेले लोकल कुखुरा, हाँस पालन तथा तरकारी खेती पनि गरिरहनु भएको छ । मेहनत गर्न सके विदेशमा गई आम्दानी गर्ने पैसा स्वदेशी माटोमै कमाउन सकिने पाण्डेको विश्वास छ ।

कोरोनाका कारण पछिल्लो समय विदेशीएका युवा रोजगारी गुमाउँदै स्वदेश फर्किएका छन । यसरी आएका युवालाई पनि पाण्डेलाई जस्तै व्यवसायमा लगाउन सके मुलुकको अर्थतन्त्रमा टेवा पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्