आर्थिक

वायुसेवा संचालक संघ भन्छ- विद्युतीय र्‍याम्प बस संचालन गर्न सक्दैनौं

हिमालय टिभी
२०७७ पुष २४ गते १६:३७
वायुसेवा संचालक संघ भन्छ- विद्युतीय र्‍याम्प बस संचालन गर्न सक्दैनौं

२४ पुस, काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युतीय र्‍याम्प बस सञ्चालन गर्न निर्देशन दिएकोमा व्यवसायीले विरोध गरेका छन ।

निजी क्षेत्रका वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा संचालक संघले विज्ञप्ती निकालेर निर्देशन कार्यान्वयन नगर्ने घोषणा गरेको हो । विमानस्थलमा यात्रु ओसार्ने डिजेल बसले प्रदूषण गरेको भन्दै प्राधिकरणले विद्युतीय बस चलाउने निर्णय गर्दै वायुसेवा सञ्चालक कम्पनीलाई विद्युतीय बस पत्र पठाएको थियो । प्राधिकरणले कम्पनीसँग रहेका बसको प्रदुषण नापजाँच,सीट संख्या, खरिद भएको वर्ष, सवारीको प्रकार खुलाई प्राधिकरणमा पठाउन पत्राचार समेत गरेको थियो । प्राधिकरणको यही पत्रको जवाफमा संघले र्‍याम्प बस प्रतिस्थापन गर्ने योजनामा असहमती राखेको हो ।

कोरोना महामारीका कारण थलिएका वायुसेवा कम्पनीले थप भार पार्ने गरी विद्युतीय बस चलाउन नसक्ने संघले बताएको छ। कोरोना महामारीका कारण झन्डै ६ महिना बन्द हवाई क्षेत्रले साढे १७ अर्ब रुपैयाँ बढीको घाटा बेहारेको दावी गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *