Main News

परराष्ट्रमन्त्री ज्ञवाली माघ १ गते भारत जाँदै

हिमालय टिभी
२०७७ पुष २४ गते १६:२८
परराष्ट्रमन्त्री ज्ञवाली माघ १ गते भारत जाँदै

२४ पुस, काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली माघ १ गते छिमेकी देश भारत भ्रमणमा जानुहुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज धनगढीमा आयोजित आमसभामा परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणबारे जानकारी दिनुभएको हो ।

केही समयदेखि काठमाडौं र नयाँदिल्लीमा परराष्ट्र मन्त्री ज्ञवालीको भ्रमणबारे तयारी भइरहे पनि दुबै देशले औपचारिक रूपमा यसको जानकारी दिएका छैनन्। तर प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीको भ्रमणको मितिबारे जानकारी दिनुभएको हो ।

कालापानी, लिपुलेकको विषयमा विवाद भएपछि पहिलो पल्ट परराष्ट्र ज्ञवाली मन्त्री भारत जान लाग्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *