Main News

माघ १ गतेदेखि विद्यालय खोल्ने काठमाडौं महानगरपालिकाको तयारी

हिमालय टिभी
२०७७ पुष २४ गते ७:३५
माघ १ गतेदेखि विद्यालय खोल्ने काठमाडौं महानगरपालिकाको तयारी

२४ पुस २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाले माघ १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ ।

चालु शैक्षिक सत्र सकिन तीन महिना मात्र बाँकी रहेका बेला महानगरले स्वास्थ्य मापदण्ड लागू गरेर विद्यालय खोल्ने तयारी गरेको हो ।

शिक्षा मन्त्रालयको निर्देशनअनुसार महानगरका विद्यालयले गत असारदेखि अनलाइन कक्षा चलाइरहेका छन् । अधिकांश विद्यालयले अनलाइन कक्षा चलाए पनि भौतिक कक्षाजस्तो प्रभावकारी हुन नसकेको शिक्षक तथा अभिभावकले बताउँदै आएका छन् ।

कतिपय विद्यालयले भने महानगरको बन्देजका बाबजुद भौतिक कक्षा चलाइरहेका छन् । ती विद्यालयले व्यवस्थापन समिति, शिक्षक र अभिभावकको साझा पहलमा पठनपाठन गरेको जनाएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइको तथ्यांकअनुसार काठमाडौं जिल्लामा १ हजार ४ सय १५ विद्यालय छन् । तिनमा १ हजार १ सय ४० निजी र २ सय ७५ सामुदायिक छन् ।

महानगरपालिकाभित्र ९३ सामुदायिक र ६ सय ४२ निजी विद्यालय रहेको इकाइ प्रमुख नन्दलाल पौडेलले जानकारी दिनुभयो । उपत्यकाका अन्य नगरपालिकाले पनि भौतिक कक्षा सञ्चालनका निम्ति अनुमति दिइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *