Main News

यात्रुवाहक बस भेरी नदीमा खस्यो, चालकको मृत्यु

हिमालय टिभी
२०७७ पुष २३ गते १६:०६
यात्रुवाहक बस भेरी नदीमा खस्यो, चालकको मृत्यु

२३ पुस, काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्वर ९ गराले बजार नजिकै यात्रुवाहक बस भेरी नदीमा खसेको छ ।

छिन्चु–जाजरकोट खण्डको गरालेमा अपरान्ह ३ बजेतिर बस भेरीमा खसेको ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक माधब प्रसाद चौधरीले जानकारी दिनुभयो । केहिवेर अघि प्रहरी टोली घटनास्थल पुगेर उद्धार शुरु गरेको छ ।

बसमा ३ जना मात्र रहेकाे इलाका प्रहरी कार्यालय छिन्चुले जनाएकाे छ ।  दाङकाे बबइ गाउँपालिका घर भएका बस चालक २१ बर्षिय सुमन नेपालीको मृत्यु भएकाे छ । घाइतेलाई उपचारका लागि काेहलपुर पठाइएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *