खेलकूद

बार्सिलोना ला लिगाको तेस्रो स्थानमा उक्लियो

हिमालय टिभी
२०७७ पुष २३ गते ८:११
बार्सिलोना ला लिगाको तेस्रो स्थानमा उक्लियो

२३ पुस २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ ।

ला लिगाअन्तर्गत सम्पन्न पछिल्लो खेलमा एथ्लेटिको बिल्बाओलाई ३२ गोलले हराउँदै बार्सिलोना तालिकाको तेस्रो स्थानमा पुगेको हो ।

घरेलु मैदानमा एथ्लेटिकोले तेस्रो मिनेटमै इनाकी विलियम्सको गोलसँगै अग्रता बनाएको थियो । तर १४ औं मिनेटमा बार्सिलोनाका टिनएजर खेलाडी पेड्रो गोञ्जालेजले गोल गर्दै खेल १–१ को बराबरी गरे ।

त्यसपछि बार्सिलोनाका लागि ३८औं र ६२औं मिनेटमा लियोनल मेस्सीले दुई गोल गरेका थिए ।

उता ९०औं मिनेटमा एथ्लेटिकोका इकेर मुनियनले एक गोल गरेपछि बार्सिलोना समग्रमा ३–२ ले विजयी भयो ।

जितपछि बार्सिलोनाले १७ खेलबाट ३१ अंक जोडेको छ । उता पराजित भएको एथ्लेटिकोले १८ खेलबाट २१ अंकका साथ नवौं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्