आर्थिक

२०२१ मा नेपालको आर्थिक बृद्धिदर शुन्य दशमलब ६ रहने विश्व बैंकको प्रक्षेपण, सरकारभन्छ ७ प्रतिशत पुग्छ

हिमालय टिभी
२०७७ पुष २२ गते १३:२२
२०२१ मा नेपालको आर्थिक बृद्धिदर शुन्य दशमलब ६ रहने विश्व बैंकको प्रक्षेपण, सरकारभन्छ ७ प्रतिशत पुग्छ

२२ पुस, काठमाडौं । विश्व बैंकले सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर शुन्य दशमलव ६ प्रतिशतमा सीमित हुने प्रक्षेपण सार्वजनिक‍ गरेको छ ।

बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै सरकारको लक्ष्यभन्दा निकै कम मात्र आर्थिक वृद्धिदर प्राप्त हुने प्रक्षेपण गरेको हो । सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।

बैंकले कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण अर्थतन्त्रमा गम्भीर धक्का पुगेको र त्यसको असर लामो समयसम्म रहने भएकाले अर्थतन्त्र संकुचित हुने बताएको छ ।

सन् २०२० मा नेपालले शून्य दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको अनुमान समेत विश्व बैंकको छ । यद्यपी आगामी वर्ष भने आर्थिक वृद्धिदर २ दशमलव ५ प्रतिशतमा उक्लने बैकको प्रक्षेपण छ ।

यस्तै ५ वर्षद‍ेखि लगातार ६ प्रतिशतको आर्थिक वृद्धिदर गरिरहेको दक्षिण एशियाको अर्थतन्त्र सन् २०२० मा ६.७ प्रतिशतको संकुचित बनेको बैंकको निष्कर्ष छ । यसले गर्दा दक्षिण एशियामा गरिबी र बेरोजगारी ह्वत्तै बढेको समेत बैंकले उल्लेख गरेको छ ।

सन् २०२१ मा भने यो क्षेत्रको अर्थतन्त्रमा ३ दशमलव ३ प्रतिशतको वृद्धि देखिने बैंकको अनुमान छ । यो वर्ष ४.३ प्रतिशतको आर्थिक संकुचन व्यहोरेको विश्वले आगामी वर्ष भने ४ प्रतिशतको वृद्धि हासिल गर्ने प्रक्षेपण बैंकको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *