दुईवटा कम्पनीको औषधि विक्री–वितरणमा रोक

हिमालय टिभी
२०७७ पुष २२ गते १३:१७
दुईवटा कम्पनीको औषधि विक्री–वितरणमा रोक

२२ पुस, काठमाडौं । औषधि व्यवस्था विभागले न्युन गुणस्तरको रहेको भन्दै दुईवटा कम्पनिको औषधि विक्री–वितरणमा रोक लगाएको छ ।

नेपाली कम्पनी क्युरेक्स फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ब्याच नम्बर टि एम एलको मोन्टेलुकास्ट औषधि र भारतीय कम्पनी रिलायन्स फर्मुलेसनले उत्पादन गरेको ब्याच नम्बर ०७८१ को प्रन्तोप्राजोल सोडियम ट्याब्लेट विक्रि वितरणमा रोक लगाएको हो ।

मोन्टेलुकास्टको प्रयोग श्वासप्रश्वासको कठिनाई हुँदा प्रयोग गरिन्छ । यस्तै पेटमा ग्यास भरिएको अवस्थामा, लगातार खोकी लागेमा, खानेकुराले शरीरमा गडबढ भएमा प्रन्तोप्राजोल सोडियम ट्याब्लेटको प्रयोग गरिन्छ। उत्पादन औषधि ऐन २०३५ को दफा १४ बमोजिम विक्री–वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *