खेलकूद

शीर्ष स्थानको लिभरपुल साउथह्याम्टनसँग १–० ले स्तब्ध

हिमालय टिभी
२०७७ पुष २१ गते ७:३३
शीर्ष स्थानको लिभरपुल साउथह्याम्टनसँग १–० ले स्तब्ध

२१ पुस २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा शीर्ष स्थानको लिभरपुल पराजित भएको छ ।

प्रिमियर लीगको पछिल्लो खेलमा साउथह्याम्टनले लीग लिडर लिभरपुललाई १–० गोलले स्तब्ध बनाएको हो ।

घरेलु मैदान साउथह्याम्टनका लागि खेलको दोस्रो मिनेटमै ड्यानी इंग्सले गरेको गोल नै निर्णायक बन्यो । साविक विजेता लिभरपुलको यो यस सिजनको दोस्रो हार हो ।

हारका बावजूद शीर्ष स्थानमै रहेको लिभरपुलको १७ खेलबाट ३३ अंक छ । उता जितसँगै साउथह्याम्टन समान १७ खेलबाट २९ अंक जोड्दै छैठौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्