राजनीति

प्रदेशसभा पनि विघटन हुन सक्छः मन्त्री तुम्बाहाङ्फे (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २० गते १७:१७
प्रदेशसभा पनि विघटन हुन सक्छः मन्त्री तुम्बाहाङ्फे (भिडियोसहित)

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा‍‍. शिवमाया तुम्बाहाङफेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताउनुभएको छ ।

आज बिहान विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश सभामा पनि देखिएकाले नेपालको संविधान र प्रदेशको कानुन अनुसार प्रदेशसभा विघटन हुन सक्ने सम्भावना रहेको बताउनुभयो ।

मन्त्री तुम्बाहाङफेले नेकपाको विवाद समाधानका लागि कुनै पनि विदेशी शक्तिको आवश्यकता नपर्ने समेत बताउनुभयो । पार्टी फुटाउने वा जोड्ने राजनीतिक दलको स्वतन्त्र अधिकारको कुरा रहेकाले विदेशीले भन्दैमा जुट्ने र फुट्ने अवस्था नआउने उहाँले बताउनुभयो । ।

मन्त्री तुम्बाहाङफेले विवाद समाधानका लागि अधिकतम प्रयास भइरहेको बताउँदै अब अलमलिने अवस्थामा नरहेको बताउनुभयो । प्रचण्ड र नेपाल सानो झुण्डा लिएर नेकपाबाट बाहिरएको भन्दै अझै पनि एकता हुने सम्भावना जिवीतै रहेको दाबी गर्नुभयो । सरकारले बैशाख १७ र २७ मा हुने चुनावका लागि तयारी थालिसकेको दाबी गर्नुभयो ।

मन्त्री तुम्बाहाङफेले सरकारको कार्यसम्पादनमा अवरोध सिर्जना भएको भन्दै सहज परिस्थिति निमार्ण गर्न ताजा जनादेश प्राप्तिका लागी संसद विघटन गरिएको दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्