विस्फोटक पद्धार्थसहित विप्लवका दुई कार्यकर्ता कालिकोटमा पक्राउ

हिमालय टिभी
२०७७ पुष २० गते १६:५८
विस्फोटक पद्धार्थसहित विप्लवका दुई कार्यकर्ता कालिकोटमा पक्राउ

प्रहरीले कालिकोटमा विष्फोटक पदार्थसहित विप्लव समुहका दुई जनालाई पक्राउ गरेको छ ।

नरहरिनाथ गाउँपालिका वडा नम्वर ९ लालुका ३६ वर्षीय दुर्गराज बोहरा र जाजरकोट भेरीमालिका नगरपालिका वडा नम्वर २ का ३२ वर्षीया पदमबहादुर पुन पक्राउ परेका हुन् । दुवैजना नेत्रविक्रम चन्द नेतृत्वको प्रतिवन्धित नेकपाका कार्यकर्ता भएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले बन्दुक, प्रेसरकुकुर बम, डिटोनेटर २४ थान, पटका पाँच पाकेट, सकेट नौ थान, गन्धक एक किलो लगायतका विष्फोटक सामग्री बरामद गरेको जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई विष्फोटक पदार्थ ओसार पसार ऐन अनुसार कारवाही हुने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षकुमार जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *