खेलकूद

बिग बास लिगः होबर्ट हुरिकेन मेलबर्नसँग पराजित, सन्दिपले लिए एक विकेट

हिमालय टिभी
२०७७ पुष २० गते १४:५१
बिग बास लिगः होबर्ट हुरिकेन मेलबर्नसँग पराजित, सन्दिपले लिए एक विकेट

२० पुस २०७७ काठमाडौं  अष्ट्रेलियाको बिग बास लिग अन्तर्गत आज भएको खेलमा होबर्ट हुरिकेन मेलबर्न स्टार्ससँग पराजित भएको छ । नेपाली बलर सन्दिप लामिछाने सहभागि होबर्ट हुरिकेन्स मेलबर्नसँग १० रनले पराजित भयो ।

खेलमा सन्दिप लामिछानेले एक विकेट लिएका थिए । टस जितेर पहिला बलिङ गरेको हुरिकेन्सविरुद्ध मेलबर्नले ६ विकेटको क्षतिमा एक सय ८३ रन बनाएको थियो । मार्कस स्टोनिसले मेलबर्नका लागि ५५ बलमा अविजित ९७ रनको ठूलो इनिङ्स खेले । हिल्टन कार्टराइटले ३६ तथा निकोलस पुरनले २६ रन बनाए । सन्दिप लामिछानेले आठौं ओभरमा ग्लेन म्याक्सवेलको विकेट लिएका थिए । चार ओभरको स्पेलमा सन्दिप तेस्रो र चौथो ओभरमा महँगा सावित भए । पछिल्लो दुई ओभरमा सन्दिपले ३१ रन दिएका थिए ।

सन्दिपले एक विकेट लिँदा नाथन इलिसले तीन तथा रिले मेरेडिथले दुई विकेट लिए । जवाफी ब्याटिङमा हुरिकेन ६ विकेटको क्षतिमा एक सय ७३ रनमा सिमित भयो । बेन म्याकडेरमोटले ५८ बलमा ९१ रनको विस्फोटक इनिङ्स खेलेपनि जितका लागि पर्याप्त हुन सकेन । हुरिकेनलाई हराउनका लागि साम रेनबर्डले दुई विकेट लिए ।

बिग बास लिगमा आठ खेल खेल्दा हुरिकेन १८ अंकसहित तेस्रो स्थानमा छ । सात खेल खेलेको मेलबर्न १५ अंकसहित चौथो स्थानमा उक्लिएको छ । सिड्नी सिक्सर्स २१ अंकसहित बिगबास लिग तालिकाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्