Main News

प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारका लागि आज मुम्बई लगियो

हिमालय टिभी
२०७७ पुष २० गते ७:२९
प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारका लागि आज मुम्बई लगियो

२० पुस २०७७ काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि आज मुम्बई जानुभएको छ ।

नेपाल एयरलाइन्सको उडानमार्फत बिहान सवा ११ बजे सीता दाहाललाई मुम्बईतर्फ लगिएकाे हाे । अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनिसँगै जानु भएको छ । वहाँको उपचार न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा हुने जनाइएको छ ।

अस्पतालका डाइरेक्टर तथा कन्सलट्यान्ट न्यूरो सर्जन डा. आलोक शर्माको टोलीले उपचार गर्ने प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयाे । सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सीबाट पीडित हुनुहुन्छ ।

पछिल्लो समय मेडिसिटी अस्पतालमा उपचार गराएर उहाँले घरमै आराम गरिरहनु भएको थियो । उहाँकाे यसअघि पनि अमेरिका, सिंगापुर र भारतमा उपचार गरिएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *