Main News

नक्कली पीसीआर रिपोर्ट बनाएर दुबई उड्न खोज्ने सात जना पक्राउ

हिमालय टिभी
२०७७ पुष १९ गते १७:५४
नक्कली पीसीआर रिपोर्ट बनाएर दुबई उड्न खोज्ने सात जना पक्राउ

१९ पुस २०७७ काठमाडौं । कोरोनाको नक्कली पीसीआर रिपोर्ट बनाएर दुबई जान खोज्ने ७ जना पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानबाट दुबई जान लागेका उनीहरु नक्कली रिपोर्टसहित हिजो राती पक्राउ परेका हुन् ।

जाँच्ने क्रममा पीसीआर रिपोर्ट नक्कली भएको पाइएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामा धुनषाका नारायण महतो, छेदी महतो, सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, सल्यानका दिनेश सिंह, अर्घाखाँचीका प्रविन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङ छन् ।

उनीहरुलाई थप अनुसन्धान र कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *