Main News

संवैधानिक इजलासलाई संसद पुनर्स्थापना हुन नसक्ने प्रधानमन्त्री ओलीको जवाफ (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १९ गते १७:१३
संवैधानिक इजलासलाई संसद पुनर्स्थापना हुन नसक्ने प्रधानमन्त्री ओलीको जवाफ (भिडियोसहित)

१९ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक इजलासलाई संसद् पुनर्स्थापना हुन नसक्ने जवाफ दिनुभएको छ ।

आफ्नो समूह निकट अनेरास्ववियूको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै हालतमा संसद पुनर्स्थापना नहुने दाबी गर्नुभयो । आफूले सर्वोच्च अदालतमा पनि यसै अनुसार आफ्नो कदम संवैधानिक रहेको जवाफ पेश गरेको जानकारी दिनुभयो ।

प्रचण्ड–नेपाल समूहप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले कतिपय व्यक्ति तथा शक्तिले चुनाव हुँदैन भनेर भ्रम फिँजाउन खोजेको भन्दै चुनाव कुनैपनि हालतमा नरोकिने बताउनुभयो ।

आफूले नेपाली भूमि फिर्ता ल्याउन नक्सा ल्याएकाले हटाउन खोजिएको र केही नपाएर भ्रष्टाचारीको संरक्षण गरेको भनेर आरोप लगाउँदै प्रधानमन्त्री ओलीले आक्रोश व्यक्त गर्नुभयो ।

प्रचण्ड नेपाल समूहको बहिर्गमनसँगै अवरोधको बाँध हटेको र पार्टी संगठन अघि बढेको प्रधानमन्त्री ओलीले दावी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *