यौन प्रस्ताव अस्वीकार गर्दा किशोरीको हत्या गर्ने युवक पक्राउ

हिमालय टिभी
२०७७ पुष १९ गते १३:२४
यौन प्रस्ताव अस्वीकार गर्दा किशोरीको हत्या गर्ने युवक पक्राउ

१९ पुस २०७७, कपिलवस्तु । कपिलवस्तु प्रहरीले १६ वर्षीय किशोरीको हत्या गर्ने एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका वडानम्बर ३ करमादीकी १६ वर्षीया अस्मिता भनिने दीपा रोका मगरको हत्या गर्ने वडानम्बर ४ का २० वर्षीय अल्ताफ मुस्लिम बढईलाई प्रहरीले पक्रेर सार्वजनिक गरेको हो ।

यौन प्रस्ताव अस्वीकार गरेपछि दीपाको हत्या गरेको बढईले स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ ।

पीडित परिवारले दोषीमाथि कडा कारवाहीको माग गरेको छ ।

गत पुष ११ गते बेपत्ता भएकी दीपा १३ गते मृत अवस्थामा भेटिएकी थिइन् । अनुसन्धानका क्रममा प्रहरीले १६ गते नै बढईलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *