Main News

राष्ट्रपति र प्रधानमन्त्री कार्यालयलाई लिखित जवाफ पेस गर्ने सर्वोच्चले दिएको समय आज सकिँदै

हिमालय टिभी
२०७७ पुष १९ गते ९:३८
राष्ट्रपति र प्रधानमन्त्री कार्यालयलाई लिखित जवाफ पेस गर्ने सर्वोच्चले दिएको समय आज सकिँदै

१९ पुस २०७७ काठमाडौं । संसद् विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ पेस गर्न दिएको म्याद आज सकिँदैछ।

इजलासले आजसम्म महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न सरकार तथा राष्ट्रपतिको कार्यालयसमेतलाई आदेश दिएको थियो ।

रिटमा सर्वोच्चले निवेदनकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? सर्वोच्चले निवेदकको माग बमोजिम आदेश जारी हुन नपर्ने कानून बमोजिमको आधार र कारण भए म्याद थाम्न, थमाउन नपाउने गरी लिखित जवाफ पेस गर्नु भनी आदेश जारी गरेको थियो ।

जसअनुसार राष्ट्रपति, प्रधानमन्त्रीको कार्यालयले अनिवार्य रूपमा आज लिखित जवाफ सर्वोच्च अदालतमा पठाउनुपर्नेछ। तर शुक्रबारसम्म त्यस्तो जवाफ आइनपुगेको सर्वोच्च अदालतले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *