Political Hightlights

सुदूरपश्चिम प्रदेशसभाका ३९ नेकपा सांसदमध्ये ३० जना प्रचण्ड–नेपाल पक्षमा

हिमालय टिभी
२०७७ पुष १९ गते ७:३९
सुदूरपश्चिम प्रदेशसभाका ३९ नेकपा सांसदमध्ये ३० जना प्रचण्ड–नेपाल पक्षमा

१९ पुस २०७७ धनगढी । सुदूरपश्चिम प्रदेश सभाका ३९ जना नेकपा सांसदमध्ये ३० जना प्रचण्ड–नेपाल पक्षमा उभिएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली भारी अल्पमतमा पर्नु भएको छ । त्यहाँ ६ जना सांसद मात्र ओलीको पक्षमा उभिएका छन्।

सुदूरपश्चिम प्रदेश नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्टले आह्वान गरेको बैठकमा सहभागी भएकामध्ये ६ जना प्रदेश सभा सदस्यले बैठकको निर्णयमा हस्ताक्षर नगरेर प्रधानमन्त्री ओलीको पक्षमा उभिएका हुन्।

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा ३९ जना नेकपाका सांसद छन्। तीमध्ये बैठकमा ३६ जना सहभागी थिए। आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा भने काठमाडौंमा रहेका कारण उपस्थित हुनु भएन ।

नेकपा ओली पक्षको केन्द्रीय सदस्यमा मनोनित भएका बोहराले त्यो पद अझै स्विकार नगरेको बताउनु भएको छ । भेलामा अनुपस्थित नेकपाबाट निर्वाचित बाँकी दुई जना सभामुख र उपसभामुख छन् ।

बैठकले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको प्रति आपत्ति जनाउदै विरोध गर्ने, बहुमत सदस्यले नेतृत्व गरेको प्रचण्ड–नेपाल समूह आधिकारिक भएकाले दृढता साथ लाग्ने र प्रदेश सरकारका नियमित काम कारबाहीलाई एकताबद्ध भएर अघि बढाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्