Political Hightlights

चारैतिरबाट घेराबन्दी गरेकाले प्रतिनिधिसभा विघटनः मन्त्री ज्ञवाली

हिमालय टिभी
२०७७ पुष १८ गते १४:५५
चारैतिरबाट घेराबन्दी गरेकाले प्रतिनिधिसभा विघटनः मन्त्री ज्ञवाली

१८ पुस २०७७ पाल्पा । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले केही व्यक्तिको सधैँ प्रमुख बन्ने महत्वकांक्षाका कारण पार्टीमा फुटको अवस्था आएको दाबी गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री ज्ञवालीले प्रचण्ड नेपाल पक्षले चारैतिरबाट घेराबन्दीमा पारेपछि प्रधानमन्त्री ओलीले बाध्य भएर प्रतिनिधि सभा भंग गरेको दावी गर्नुभयो ।

संसद भंग नगरी सरकार गठनका लागि अरु नै प्रक्रिया अपनाएको भए राजनीतिक स्थिति अझै जटिल हुने उहाँको दावी छ ।

प्रतिनिधि सभा भंग गरी प्रधानमन्त्रीले ताजा जनादेशमा जान चाहेको बताउनुभयो । पार्टीभित्र र बाहिरका केही पक्षको अवरोधका बाबजुद पनि सरकारले इतिहासमै महत्वपूर्ण काम गरेको दाबी गर्नु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्