Main News

आज देशका उच्च हिमाली भू-भागमा हिमपात हुन सक्ने

हिमालय टिभी
२०७७ पुष १८ गते ८:५५
आज देशका उच्च हिमाली भू-भागमा हिमपात हुन सक्ने

१८ पुस २०७७ काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका उच्च हिमाली भूभागमा हिमपात हुनसक्ने पूर्वानुमान गरेको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम प्रदेश तथा कर्णालीका उच्च हिमाली भूभागमा हल्का हिमपात तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साथै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *