Main News

प्रधानमन्त्री ओलीले किन बोले झुट ? आयोगले दुवै पक्षलाई लेख्यो पत्र

हिमालय टिभी
२०७७ पुष १७ गते १९:१८

१७ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड–नेपाल समूहको निवेदन फिर्ता गरेको भन्ने अभिव्यक्तिको निर्वाचन आयोगले खण्डन गरेको छ ।

एउटा भर्चुअल सम्बोधनमा प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले प्रचण्ड नेपाल पक्षको निवेदन रित नपुगेको भनेर हिजो फिर्ता पठाएको बताएकोमा आयोगले खण्डन गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निवेदन फिर्ता नभएको बताउनुभयो । आयोगको खण्डनसँगै प्रधानमन्त्रीले झुटो बोलेको खुलेको हो ।

यसैबीच निर्वाचन आयोगले आधिकारिकता विवादका विषयमा आज दुवै पक्षलाई पत्र लेखेको छ । आयोगले दलको आधिकारिकता सम्बन्धमा कानूनी व्यवस्थाको जानकारी गराउँदै कागजपत्र मागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *