आर्थिक

कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने मन्त्री भट्टको चेतावनी

हिमालय टिभी
२०७७ पुष १७ गते १८:२५
कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने मन्त्री भट्टको चेतावनी

१७ पुस २०७७ काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने बताउनुभएको छ ।

ललितपुर उद्योग वाणिज्य महासंघको ४१ औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भट्टले विभिन्न वस्तुहरुमा कृत्रिम मूल्यवृद्धि भएको गुनासो आएकाले व्यवसायीहरु नसच्चिए सरकारले अनुगमन गरी कारबाही गर्ने बताउनुभएको हो ।

अहिले दाल, फलाम, सिमेन्टलगायतको वस्तुहरुमा अत्याधिक महंगी बढेको गुनासो आएकाले मूल्यवृद्धि नियन्त्रण आफै गर्न उद्योग व्यवसायीका संगठनहरुलाई आग्रह गर्नुभयो । आफै मूल्यवृद्धि नियन्त्रणमा नआए सरकार बाध्य भएर अनुगमन गर्ने र गल्ती गर्नेलाई नछाड्ने बताउनुभयो ।

निजी क्षेत्रलाई स्वतन्त्ररुपमा छाडिएको अवस्थामा व्यवसायीहरुले मूल्यवृद्धि गरेर बजारलाई महंगो बनाएको पनि मन्त्री भट्टले बताउनुभयो ।

उद्योगी व्यवसायीहरुलाई सरकारले विभिन्न सहुलियत र सुविधा दिएको तर केही उद्योगी व्यवसायीले अस्वभाविक मूल्यवृद्धि गराई बजारलाई प्रभावित पारेको बताउनुभयो । तैपनि सरकारले उत्पादन बढाउन, लगानी आकर्षित गर्न काम गरिराखेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *