आफ्नै फुपुले गरिने पाँच वर्षीय भदाहाको हत्या, सीआईबीको नक्कली गिरोह पक्राउ (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १७ गते १८:०८
आफ्नै फुपुले गरिने पाँच वर्षीय भदाहाको हत्या, सीआईबीको नक्कली गिरोह पक्राउ (भिडियोसहित)

१७ पुस २०७७ जनकपुरधाम । धनुषामा आफ्नै फूपुले ५ वर्षीय भदाहको हत्या गरेको खुलासा भएको छ । आपसी लेनदेन विवादमा बालकको हत्या भएको प्रहरीले जनाएको छ ।

बालकको ज्यान मारेको आरोपमा बिदेह नगरपालिका– २ दुहवी बस्ने ब्रहमदेव राय अमातकी जेठी छोरी २६ वर्षीय प्रमिला देवी अमातलाई सार्वजानिक गरिएको छ । उनीमाथि सोही ठाउँ बस्ने जीवन अमात रायको पाँच वर्षका छोरा अभिनन्दन राय अमातको हत्या गरेको आरोप छ । प्रमिला नातामा मृतक बालकको फुफु रहेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

पुस १५ गतेदेखि हराइरहेका बालक अमातको शव उनका बाजे ब्रहमदेवको भैसी बाँध्ने गोठमा खाल्डो खनेर गाडिएको अवस्थामा हिजो बरामद भएको थियो । थप अनुसन्धान गर्दा पैसा लेनदेनको रिसिइवीका कारण ब्रहमदेवकी छोरी प्रमिलाले आफ्नै भाइको छोरालाई चाउँचाउँ खान दिने प्रलोभनमा बोलाएर घाँटी थिचेर हत्या गरी खोल्डो खनेर शव गाडेको आरोप छ ।

त्यसैगरी सीआईबीलगायतका नक्कली परिचयपत्र तथा स्ट्याम्प बनाउने गिरोहका चारजना भारत बिहार जिल्ला अररीया फारबिसगंज घर भई नेपालको मोरङको विराटनगर महानगरपालिका–१ बस्ने राजकुमार साहको छोरा २७ वर्षीय समिर साह, महोत्तरी भंगहा नगरपालिका– ९ बस्ने दिनेश यादवका छोरा आदित्य कुमार यादव, जनकपुरधाम उपमहानगरपालिका – ४ बस्ने बैजनाथ साहका छोरा ३० वर्षीय चन्दन साह र जनकपुरधाम उपमहानगरपालिका–२ बस्ने सुट्टा साहका छोरा रामचन्द्र साहलाई पक्राउ गरी सार्वजानिक गरिएको हो ।

पुस १६ गते भारतको बिहारका समिर जनकपुरधामको रामानन्दचौकस्थित होटल सिटी प्यालेस गेष्ट हाउसमा बसेर सरकारी कागजातको दस्तखत छाप कीर्ते गरी नक्कली कागजातहरु तयार गरिरहेको खबर पाएका प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनको कोठाबाट बरामद भएको कालो रंगको कपडाको सुटकेशमा नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोसहितको छापहरु बरामद भएपछि उनको बयानका आधारमा बाँकी तीन जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट विभिन्न बैंकको स्ट्याम्प ४० थान, नक्कली सरकारी प्रमाणपत्र, प्लाष्टिकको पेस्तोल तीन थान, विभिन्न बैंकको चेकबुक, सीबीआईको नक्कली परिचय पत्रसहितका सामग्री बरामद भएको धनुषा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *