Main News

५२२५ जनामा गरिएको परीक्षणमा ४२६ जनामा कोरोना पुष्टि, थप ८ जनाको मृत्यु

हिमालय टिभी
२०७७ पुष १७ गते १६:१४
५२२५ जनामा गरिएको परीक्षणमा ४२६ जनामा कोरोना पुष्टि, थप ८ जनाको मृत्यु

१७ पुस २०७७ काठमाडौं । नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६१०१९ पुगेको छ ।

५२२५ जनामा गरिएको परीक्षणमा २७३ पुरुष र १५३ महिला गरी ४२६ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा एकैदिन १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा भेटिएका ४ सय २६ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ सय ६७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा १ सय ३४, भक्तपुरमा १५ र ललितपुरमा १८ जना संक्रमित भेटिएका हुन्। यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९७ हजार ३ सय २४ पुगेको छ। जसमध्ये ९४ हजार १२ जना उपचारपछि निको भएका छन् भने ४ सय ७३ जनाको मृत्यु भएको छ। काठमाडौंमा अझै पनि २ हजार ८ सय ३९ जना सक्रिय संक्रमित छन्।

कोरोना संक्रमणबाट नेपालमा थप ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८६४ पुगेको छ ।

नेपालमा थप ७४८ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २५३१०७ पुगेको छ ।

देशभर हाल २ सय ६९ जना कोरोना संक्रमित अस्पतालको आइसीयु र भेन्टिलेटरमा छन्। २ सय ३४ जना आइसीयु र ३५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल ३ सय ६७ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *